एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, प्रथम पुरस्कार १ लाख ५० हजार



काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।

पहिलो बिजेताले १ लाख ५० नगद रुपैयाँ पाउनेछन् । दोस्रो (२ जना) प्रतिव्यक्ति १ लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (३ जना) प्रतिव्यक्ति ७५ हजार प्रदान गरिनेछ भने चौथो (४ जना) प्रतिव्यक्ति ४० हजार र पाचौं (५ जना) प्रतिव्यक्ति ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज , मोस्ट शेयर ,मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ ।

टिकटक बनाइसकेपछि अनिवार्य रुपमा एट्दरेट एसवाई नेपालमा ट्याग गर्नुपर्नेछ । साथै, ह्यासट्यागको रुपमा ह्यासट्याग एसवाईनेपाल ह्यासट्याग एसएवाईवाईइएस प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।


क्लिकमान्डु