असोजभित्रै बोलपत्र र ठेक्का सम्झौता भएको १५ दिनभित्र काम शुरु गर्नुपर्ने
काठमाडौं । चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउनका लागि असोजभित्रै बोलकबोल तथा ठेक्का सम्झैता भएको १५ दिनमै काम शुरु गर्नुपर्ने भएको छ ।
अर्थमन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै उक्त कार्यदेश दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
साथै पुँजीगत खर्च गर्ने कार्ययोजना र असोज मसान्तभित्र तयार गरी/गर्न लगाइ सोको मासिक प्रगति अनुगमन गर्ने व्यवस्था मिलाउनु भनिएको छ ।
गत आवमा पुँजीगत खर्च अपेक्षाकृत नभएपछि सरकारले उक्त निर्देशन दिएको हो ।
साथै, राष्ट्रिय सतर्कता केन्द्रबाट १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनुपर्नेछ ।
साथै, आयोजनाका लागि पहिलो भुक्तानीका लागि भौतिक प्रगति आवश्यक पर्ने छैन भने दोस्रो त्रैमासको भुक्तानीका लागि ३० प्रतिशत र तेस्रो त्रैमासको भुक्तानीका लागि सो अवधिसम्मको भौतिक प्रगति न्यूनतम ५० प्रतिशत पुग्नुपर्नेछ ।