पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आयो, निगमलाई अझै पेट्रोलमा १२ र डिजलमा २० रुपैयाँ घाटा



काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ ।

आयल निगमका अनुसार घटेको नयाँ मूल्यमा बिक्री गर्दा पनि निगमलाई अझै घाटा छ । हाल निगमलाई पेट्रोलमा प्रतिलिटर ३० रुपैयाँ र डिजलमा ३८.६१ रुपैयाँ घाटा छ । साथै, एलपी ग्यासमा ५७१.७८ रुपैयाँ घाटा छ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजलमा प्रतिलिटर १६.५६ रुपैयाँले मूल्य घटाएर पठाएको छ ।

खरिद मूल्य घटेपछि पेट्रोलमा निगमले २ रुपैयाँ ४ पैसा र डिजलमा २ रुपैयाँ १५ पैसा कम मूल्यवृद्धि कर तिर्नुपर्नेछ । जसले गर्दा निगमको पेट्रोलमा करिब १८ रुपैयाँ र डिजलमा करिब १९ रुपैयाँ लागत घट्ने छ ।

यद्यपि निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजलमा प्रतिलिटर २० रुपैयाँले नोक्सान छ ।


क्लिकमान्डु