आइएमईको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनामा दुई जना भए विजेता



काठमाडौँ । आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत २ जनाले सुनको सिक्का जितेका छन् । योजनाअन्तर्गत पहिलो साता सन्देश श्रेष्ठ र दोस्रो साता रामपुकार महतो विजेता भएका छ्न ।

विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकेट काटेका थिए ।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको कम्पनीले जनाएको छ ।

जेठ १ गतेदेखि शुरु भएको योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत् आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुमध्ये २ यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।


क्लिकमान्डु