शुक्रबारदेखि सोमबारसम्म नबिल बैंकको कारोबार बन्द रहने



काठमाडौं । भोलि शुक्रबारदेखि सोमबार विहानसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु गर्नका लागि कारोबार बन्द गर्न लागिएको हो ।

जसअनुसार नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले असार २७ गतेबाट नबिल बैंकको प्रादेशिक तथा शाखा कार्यालयका रुपमा कारोबार गर्नेछन् ।

दुबै बैंकको तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि भोलि शुक्रबार कार्यालय समयपछि सोमबार विहान कार्यालय समय अगाडिसम्म बैंकको सम्पूर्ण सेवा तथा कारोबार बन्द रहनेछ । तर उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहेछन् ।


क्लिकमान्डु