‘अर्थमन्त्रीका कारण देशको अर्थतन्त्र डामाडोल भयो’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको कारण देशको अर्थतन्त्र डामाडोल भएको बताएका छन् ।

प्रतिनिधिसभा बोल्दै ओलीले बजेट मार्फत लिएका नीतिले अर्थतन्त्र धरासायी हुने तर्फ गएको बताए ।

बजेट आर्थिक अनुशासन र अराजकताको नमुनाको रुपमा आएको र बजेटमा अर्थका कर्मचारी बाहेकलाई संलग्न गराएर अन्तराष्ट्रिय रुपमा लज्जाजनक भएको देखिएको बताए ।

‘बजेटले अर्थतन्त्रलाई धरासायी बनाउने काम गरेको छ,अर्थतन्त्र डामाडोल हुने भयो,’ओलीले प्रतिनिधिसभामा बैठकमा भने ।


क्लिकमान्डु