संसद चलाउने एमालेले हो, अरुलाई जनताका दुःखमा चिन्ता छैन- ओली




काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस संसदीय व्यवस्थामा संसद चलाउने चिन्ता एमालेलाई मात्र भएको बताएका छन् ।

संसद चलाउन कसैलाई पनि चिन्ता नभएका भन्दै एमालेलाई मात्र चिन्ता रहेको बताए ।

‘यो संसद चलाउन कसलाई चिन्ता छ र ?,’ उनले प्रश्न गरे, ‘एमालेविना यो संसद चल्दैन । अरुलाई चिन्ता पनि छैन ।’
सोमबार विशेष समय लिएर संसदमा सम्बोधन गर्दै ओलीले यस संसदमा महंगी, जनताको मारको विषयमा एमालेले मात्र बोलेको जिकिर गरे ।

सदमा अनियमिताका कुरा उठाउँदा सरकारका मन्त्रीले को हो एमाले भनेको भन्दै संसदीय व्यवस्था यस्तो अराजकता नचल्ने बताए । ‘सरकारमा बसेकालाई आइ एम द स्टेट भन्ने भान छ,’ उनले भने ।


क्लिकमान्डु