मन्त्रिपरिषद हेरफेर, तीन मन्त्री हटाइए, तीन थपिए



काठमाडौं । सरकारले मन्त्रिपरिषद् पुनगर्ठन गरेको छ । जसमा तीन मन्त्री हटाइएका छन् भने तीन मन्त्री थपिएको छ ।

जनता समाजबादी पार्टी (जसपा)का तर्फबाट मन्त्री बनेका तीन जनालाई हटाएर उनीहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

जसअनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी मृगेन्द्रकुमार सिंह यादवलाई दिइएको छ भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मोहम्मद इस्तियाक राईलाई दिइएको छ । साथै, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदीप यादवलाई दिइएको छ ।


क्लिकमान्डु