सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु