अर्थतन्त्र सुधारको लागि सबैले मिलेर काम गर्नुपर्छः गभर्नर अधिकारी



काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न सबैले काम गर्नुपर्ने बताएका छन् ।

‘अर्थतन्त्र सुधारको लागि सबैले काम गर्नुपर्छ,यो हामी सबैको जिम्मेवारी हो,’गभर्नर अधिकारीले भने ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संघको नव निर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले

अर्थ व्यवस्था सहज र सबल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले सीएहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने बताए ।

कोरोना महामारी पछि रुस–युक्रेन युद्धको असर विश्वभर परेको र यसबाट नेपाल समेत प्रभावित भएको भन्दै अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताए ।

‘अर्थतन्त्रमा नयाँ खाले दवाव सिर्जना भएका छन्,यसमा हामी सबै सचेत भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।


क्लिकमान्डु