नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, १०.२५% ब्याज पाइने



काठमाडौं । नेपालम एसबीआई बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

जसमा १८ लाख कित्ता ऋणपत्र बैंकले आफ्नै पहलमा विभिन्न बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

असार २२ गतेदेख निष्कासन हुने ऋणपत्रमा २६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे साउन ४ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिने छ ।

५ वर्ष अवधिका लागि निष्कासन हुने ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइन्छ । ऋणपत्रमा सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु