सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रुकुम पुर्वमा



काठमाडौं । सिटिजन्स बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका–९ चुनवाङ रुकुम पुर्वमा ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यो सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको बताएको छ ।
बैंकले देशैभरी रहेका १७५ वटा शाखा, १२७ वटा एटिएम.र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु