कैलालीको लम्कीचुहा नगरपालिकामा हिमालयन बैंकको विक्तीय साक्षरता कार्यत्रम सम्पन्न



काठमाडौं । हिमालयन बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा विक्तीय साक्षरता कार्यत्रम तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यगरेको जनाएको छ । बैंकले नगरपालिकाको-२ स्थित जनसेवा माध्यामिक विद्यालयमा वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण गरेको जनाएको हो ।

विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

सूदुरपश्चिम प्रदेश कार्यालयले ऊक्त कार्यत्रम सञ्चालन गरेको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मीले जानकारी दिए । जिल्लाका विभिन्न क्षेत्रहरुमा वित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको रेग्मीले बताए ।

कार्यक्रममा बैंकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका वितरण गरेको छ ।


क्लिकमान्डु