एक वर्षमै थपिए १४ वटा तेल प्रशोधन उद्योग, वार्षिक १० लाख मेट्रिक टन उत्पादन क्षमता



काठमाडौं । नेपालमा एकै वर्षमा १४ वटा तेल प्रशोधन उद्योग दर्ता भएका छन् । देशका विभिन्न स्थानमा पाम तेल, सनफ्लावर, सोयाबिन र तोरीको तेल प्रशोधन गर्ने कम्पनी दर्ता भएको उद्योगको विभागले जनाएको छ ।

नेपालमा तेल उत्पादनका लागि कुनै पनि कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन हुँदैन । नेपालले इन्डोनेसिया, युक्रेन, रसिया, मलेसियालगायत विभिन्न देशबाट कच्चा तेल आयात गरी प्रशोधन गर्दै आएका छन् ।

आयातित वस्तुमध्ये कच्चा तेलको हिस्सा ठूलो छ । नेपालले सो आयात भएको कच्चा तेल प्रशोधन गरी आन्तरिक बजारमा खपत गरेसँगै उच्च निर्यात गर्दै आएका छन् । नेपालबाट निर्यात वस्तुमा सबैभन्दा शीर्ष स्थानमा रहेको छ । नेपालले तेस्रो मुलुकबाट भारततर्फ उच्च निर्यात गर्दै आएकाले पनि स्वदेशी तेल उद्योग निकै फस्टाएको छ ।

त्यस्तै, २०७८ को शुरुवातीदेखि चैत मसान्तसम्ममा मात्रै १४ वटा तेल प्रशोधन उद्योग दर्ता भएको देखिन्छ । जसमा हरेक उद्योगको उत्पादन तथा प्रशोधन क्षमता ६ हजारदेखि २ लाख मेट्रिक टन रहेको तथ्याङ्कले देखाउँदछ ।

देशभर उक्त संख्यामा तेल उद्योग दर्ता हुँदा सबै उद्योगबाट भटमासको तेल, पाम तथा पामोलीन तेल, सन्फ्लावर तेल र तोरीको तेल गरी वार्षिक ९ लाख ८२ हजार बढी मेट्रिक टन उत्पादन क्षमता रहेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । साथै, सोही उद्योगबाट एसिड आयललगायत अन्य विभिन्न आयल उत्पादन हुने गरेको विभागले जनाएको छ ।

कुन उद्योगको कति उत्पादन क्षमता ?

२०७८ को शुरुवाती महिनामा रुपन्देही जिल्लामा सनराइज फुड्स प्रालि दर्ता भएको विभागको तथ्याङ्क छ । कुल पुँजी २२ करोड २५ लाख रुपैयाँ रहेको सो उद्योगको १७ करोड ७५ लाख स्थिर पुँजी र ५ करोड ५० लाख रुपैयाँ कार्यशील पुँजी रहेको छ ।

उक्त उद्योगले पाम तथा पामलीन तेल ३ हजार मेट्रिक टन, भटमासको तेल ३ हजार मेट्रिक टन, सन्फ्लावर तेल ३ हजार मेट्रिक टन र १ हजार मेट्रिक टन तोरीको तेल उत्पादन गर्न सक्ने क्षमता रहेको जनाएको छ ।

त्यसैगरी, सनराईज उद्योगले डी–ओयल केक १७७७ मेट्रिक टन, एसिड ओयल २७० मेट्रिक टन, प्लास्टिक कन्टेनर १ सय मेट्रिक टन र टीन कन्टेनर ५ सय मेट्रिक टन रहेको छ ।

२०७८ को साउनमा मात्रै ३ वटा तेल उद्योग दर्ता भएको छ । साउनमा सिद्धिलक्ष्मी फुड्स, निकिताअ आयत एण्ड रिफाइनरी र एबिसी आयत इन्डष्ट्रि दर्ता भएको छ ।

विभागकाअनुसार सिद्धिलक्ष्मी उद्योगको कुल पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने ७६ करोड स्थिर पुँजी र ९७ करोड कार्यशील पुँजी रहेको छ । सो उद्योगले पामोलीन तथा पाम तेल, सोयाबिन तेल र सन्फ्लावर तेल ३०/३० हजार मेट्रिक टन र तोरीको तेल ७ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ ।

कम्पनीले तेलसँगै एसिड आयल २७ सय मेट्रिक टन, तोरीको केक १३ हजार मेट्रिक टन उत्पादन गर्छ ।

बारामा रहेको निकिता आयल एण्ड रिफाइनरी उद्योगको कुल पुँजी ९६ करोड ७० लाख रुपैयाँ रहेको छ । जसमा स्थिर पुँजी ६६ करोड ३० लाख छ भने ३० करोड ४० लाख रुपैयाँ कार्यशील पुँजी छ ।

उक्त उद्योगको उत्पादन क्षमता वनस्पति घ्यू ५ हजार मेट्रिक टन, भटमास, सन्फ्लावर, पाम तथा पामोलीन र तोरीको तेल गरी २० हजार किलाेलिटर रहेको छ । जसमा ओयल केक २९ हजार मेट्रिक टन, प्लास्टिक कन्टेनर १ हजार मेट्रिक टन, टीन कन्टेनर १५ हजार मेट्रिक टन र एसिड ओयल १२ सय मेट्रिक टन रहेको छ ।

प्लास्टिक कन्टेनर टीनको कन्टेनर उद्योगका लागि मात्रै उत्पादन गर्ने गरेको जनाएको छ ।

सुनसरीमा स्थापना भएको एबीसी ओयल इन्डिष्ट्रिज प्रालिको कुल पुँजी ५८ करोड, स्थिर पुँजी ३२ करोड ५० लाख र २५ करोड ५० लाख रुपैयाँ कार्यशील पुँजीमा दर्ता भएको छ । उत्तल उद्योगसँग भटमासको तेल ३० हजार, सन्फ्लावर तेल १५ हजार, पाम तेल १५ हजार एसिड ओयल १८ सय मेट्रिक पटन उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ ।

भदौमा ३ वटा तेल उद्योग दर्ता भएको छ । साउनमा शिवम भेज आयल प्रालि ७५ करोड कुल पुँजी रहेकोमा ४० करोड स्थिर पुँजी र ३५ करोड कार्यशील पुँजी रहेको छ । शिवम उद्योगको घ्यू र अन्य तेल मात्रै ९० हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको छ । साथै, एसिड ओयल १३५० मेट्रिक टन, टीन कन्टेर १० हजार मेट्रिक टन र प्लास्टिक जार ४ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ ।

शिवशक्ति आयत एण्ड फ्याट्स उद्योगको तेल उत्पादन क्षमता ६० हजार मेट्रिक टन छ भने एसिड तेल १८ सय मेट्रिक टन रहेको छ । कुल पुँजी ५० करोड रहेको कम्पनीको स्थिर पुँजी ३० करोड रुपैयाँ र २० करोड रुपैयाँ कार्यशील पुँजी रहेको छ ।

आरएमसी फुट प्रालिले विभिन्न खाद्यान्नसँगै तेल उत्पादन गर्ने भएको छ । उद्योगले बारामा पाम, सोयाबिन, सन्फ्लावर र तोरीको तेल गरी १ लाख २ हजार मेट्रिक टन तेल उत्पादन गर्ने क्षमता छ । त्यस्तै, एसिड ओयल १३ सय ५० मेटिक, २२ हजार ५ सय मेट्रिक टन ओयल केक उत्पादन क्षमता रहेको कम्पनीले उल्लेख गरेको छ ।

सो उद्योगको कुल पुँजी ७३ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमा ५३ करोड ५० लाख स्थिर पुँजी र २० करोड रुपैयाँ कार्यशील पुँजी रहेको छ ।

विभागका २०७८ को असोजमा मात्रै ४ वटा तेल उद्योग दर्ता भएको छ । सिद्धिभिनायक आयल्स उद्योग ७४ करोड ७० लाख ५० हजार कुल पुँजीमा दर्ता भएको छ । सो कम्पनीको कार्यशील पुँजी भने २१ करोड ५० लाख रुपैयाँ र ५३ करोड २० लाख ५० हजार स्थिर पुँजी रहेको छ । कम्पनीले वार्षिक ४२ हजार मेट्रिक टन तेल उत्पादन क्षमता रहेको छ । त्यसैगरी, कम्पनीले फ्याटी एसिड, एसिड आयल, तोरीको केम गरी ६२ सय २५ मेट्रिक टन उत्पादन गर्ने जनाएको छ ।

शौरभ फुड्स पेडक्टले पनि वार्षिक विभिन्न प्रकारका तेल र घ्यू गरी १ लाख ४० हजार मेट्रिक टन खर १६ सय ५० मेट्रिक टन फ्री फ्याटी एसिड उत्पादन गर्ने क्षमता रहेको छ । जसको कार्यशील पुँजी ४४ करोड ६४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

झापामा रहेको सिद्धिबिनायक आयल एण्ड एग्रो इन्डस्ष्ट्रिले पनि वार्षिक विभिन्न प्रकारका तेल गरी २ लाख ४ हजार ८७५ मेट्रिक टन उत्पादन क्षमता रहेको जनाएको छ । साथै फ्याटी एसिड ४६३ मेट्रिक टन र एसिड आयल १८७१ मेट्रिक टन छ । १ अर्ब १७ करोड ५१ लाख ९० हजार कुल पुँजी रहेको कम्पनीको कार्यशील पुँजी भनके ४२ करोड ४६ लाख मात्रै रहेको छ ।

वार्षिक ६१ हजार २ सय मेट्रिक टन एसिड आयलसहित विभिन्न प्रकारका खाने तेल उत्पादन गर्ने उद्योगका रुपमा दर्ता भएको रोइडिबल आयलको कार्यशील पुँजी १९ करोड रुपैयाँ रहेको छ । ४३ करोड ६५ लाख कुल पुँजी रहेको कम्पनीको २४ करोड ६५ लाख रुपैयाँ स्थिर पुँजी रहेको छ ।

ग्लोबल प्राटिन र आयल प्रालिको वार्षिक तेल उत्पादन क्षमता भने ६ हजार ११७ मेट्रिक टनमात्रै रहेको छ । उद्योगको १६ करोड कुल पुँजी रहेको छ भने ५ करोड ६० लाख रुपैयाँ मात्रै कार्यशील पुँजी रहेको छ ।

२ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कुल पुँजी रहेको अन्नपुर्ण एग्रो एण्ड रिफाइनरी प्रालीले वार्षिक सोयाबिन आयल १६ हजार २ सय किलोलिटर, सोयामिल ६४ हजार ८ सय मेट्रिक टन र सोया हल ९ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको जनाएको छ । जसका कम्पनीको कार्यशील पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

साथै, श्री दाउन्ने ग्रेन आयाल प्रोसेसिङ एण्ड ट्रेड कम्पनीको कार्यशील पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । सो कम्पनीले वार्षिक ३५ हजार ५४० मेट्रिक टन तेल उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।


अरिष्मा मोक्तान