एक्यानको महासचिवमा प्रदीप सिग्देल विजयी



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टेन्स् संघ(एक्यान)को महासचिवमा प्रदीप सिग्देल विजयी भएका छन् ।

संघको अध्यक्षमा दिपक पाण्डे निर्विरोध अध्यक्ष चुनिएका थिए । निर्वाचनबाट उपाध्यक्ष,महासचिव तथा कोषाध्यक्षको चयन गरिएको हो ।

निर्वाचनबाट एक्यानको उपाध्यक्षमा सुशिल घिमिरे तथा कोषाध्यक्षमा वर्षा बराल विजयी भएका छन् ।

यस्तै संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल, बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । कार्यकारी समिति सदस्यमा महिलातर्फ अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भइन् ।


क्लिकमान्डु