सानिमा बैंकको ऋणपत्र निष्कासन, कति पाईन्छ ब्याज ?



काठमाडौं । सानिमा बैंकले आजदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले १० वर्ष अवधिका लागि ‘१०.२५% सानिमा डिबेन्चर २०८९’ निष्कासन गरेको हो । यसमा बार्षिक १०.२५ प्रतिशत ब्याज पाउने छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमा ३० लाख कित्ता बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बाँकी रहेको २० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु