४/१२ को सिलिङ हटाउँदै कर्जामा अधिकतम २% को प्रिमियमको व्यवस्था गर्न चेम्बरको माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी मौद्रिक नीतिमार्फत् बैंकले लिने प्रिमियम दर अधिकतम २ प्रतिशत हुने गरी व्यवस्था गर्न माग गरेको छ ।

आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी चेम्बरले हाल कायम भइरहेको अधिकतम ५ प्रतिशतको प्रिमियमलाई २ प्रतिशतमा सीमित गर्नुपर्ने माग गरेको हो ।

हाल बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दर कर्जाको प्रकृति अनुसार अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिँदै आएका छन् ।

त्यसैगरी चेम्बरले हाल कायम रहेको ९० प्रतिशतको सीडी रेसियोलाई ९५ प्रतिशत बनाउनु पर्ने समेत माग गरेको छ । साथै भारतीय पर्यटकका हकमा हाल २५ हजार भारु मात्रै ल्याउन पाउने व्यवस्थालाई परिवर्तन गरी अधिकतम २ लाख ५० हजार भारु बनाउनुपर्ने चेम्बरको माग छ ।

साथै सेयर धितोमा ४/१२ करोडको सिलिङ हटाउन समेत चेम्बरले माग गरेको छ । साथै, ब्याजदर एकल अंकमा सीमित गर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न चेम्बरको माग छ ।


क्लिकमान्डु