इन्धनको मूल्यसँगै हवाई भाडा पनि बढ्यो, कुन रुटको कति ?



काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।

संघका अनुसार न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्म भाडा बढाइएको छ । यो भाडा असार ८ गतेदेखि लागू हुनेछ ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

त्यसैगरी विमानस्थल करका रुपमा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा ५०० रुपैयाँ र अन्य विमानस्थलको हकमा ३०० रुपैयाँ र ४०० रुपैयाँ कायम गरिएको छ ।


क्लिकमान्डु