एक सातामा निक्षेप एक अर्बले घट्यो, कर्जा एक अर्बले बढ्यो



काठमाडौं । ६ महिनादेखि बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य रकमको अभाव अझै सहज भएको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रवार अर्थात जेठ २६ सम्ममा १९ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी १६ खर्ब ६६ अर्ब निक्षेप छ ।

बैंकहरुसँग स्वदेशी मुद्रामा १८ खर्ब ६९ अर्ब निक्षेप छ । तथ्यांक अनुसार जेठ १९ को तुलनामा बैंकहरुको निक्षेपको हिस्सा घटेको छ ।

स्वदेशी मुद्रामा १८ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा त्यो ३ अर्बले घटेको छ । विदेशी मुद्रामा भने ९३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा त्यो बढेर ९५ अर्ब रुपैयाँ पुगेको छ ।

कर्जा प्रवाह भने एकसातामा एक अर्ब रुपैयाँले बढेको छ ।


क्लिकमान्डु