सेवाप्रदायकलाई आफ्नै नाममा फार्मेसी सञ्चालन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई आफ्नै संस्थाको नाममा औषधि बिक्री वितरण कक्ष(फार्मेसी)को व्यवस्था गर्न सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।

आफ्नै संस्थाको नामको फार्मेसी नभई अन्य फार्मेसीको नाममा विलिंग गर्ने गरेको पाए पछि बोर्डले आफुसँग आवद्ध भएका सबै सेवा प्रदायक संस्थालाई यस्तो निर्देशन दिईएको हो ।

कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई सेवा उपलब्ध गराउँदा लाग्ने खर्च अनुसारको बिल नदिने गरेको समेत बोर्डले जनाएको छ ।

साउन १ गतेदेखि अनिवार्यरूपमा संस्थाको आधिकारिक नाममा नै औषधीको विलिङ गर्न बोर्डले निर्देशन दिएको हो ।
निर्देशनलाई उल्लघन गरे दाबी परीक्षणमा वाधा पर्ने बोर्डले जनाएको छ ।

यस्तै, बोर्डले आँखासम्बन्धी सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूबाट चश्माको दाबी गर्दा पनि अनिवार्यरूपमा संस्थाकै आधिकारिक वील अनुसार दाबी गर्न बोर्डले निर्देशन दिएको छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ को परिच्छेद ६ को दफा(२४) मा सेवा प्रदायकले २४सै घण्टा फार्मेसी सञ्चालन गरी औषधिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु