महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र काठमाडौंको महाराजगंजमा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सहकार्य हुने भएको छ ।

बैंकका डेबिट कार्ड, क्युआर (स्क्यान पे) प्रयोग गर्ने, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट रहेको छ ।

यो सहकार्यले बैंकका ग्राहक लाभान्वित हुने बताइएको छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु