सांसदको चर्को विरोधपछि प्रधानमन्त्री देउवा संसदमा



काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका नेताहरुको चर्को विरोधपछि प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा पुगेका छन् ।

बिहीबार संसद शुरु भएपछि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री संसद उपस्थित हुनुपर्ने र जवाफ दिनुपर्ने माग गरेका थिए ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सम्बन्ध र आफूले सम्हालेका मन्त्रालयबारे जवाफ दिनुपर्ने उनीहरुले माग गरेका थिए । नेकपा एमालेका सांसद भिम रावलले रक्षामन्त्रालयको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
रावलले प्रधानमन्त्री संसदमा किन उपस्थित नभएको भन्दै जवाफ माग गरेका थिए ।

‘प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना भएको भए त्यसको जानकारी चाहिन्छ, र विदेश भ्रमणमा भएको भए पनि त्यसको जानकारी संसदलाई चाहिन्छ,’ उनले भने, ‘जवाफ दिनुपर्ने समयमा संसदमा अनुपस्थित हुन पाइँदैन ।’


क्लिकमान्डु