जापानले दिने ३६ करोड ६२ लाख अनुदान सहायता लिने सरकारको निर्णय



काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ३७६ मिलियन अर्थात करिब ३६ करोड ६२ लाख रुपैयाँको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । साथै, समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको
छ ।

त्यसैगरी एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको आगामी साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने गरेको छ ।

बैठकले मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

साथै, आगामी असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने निर्णय गरेको छ ।

उक्त बैठकले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु