सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटको भाडा कति ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले जेठ २७गतेदेखि लागू हुने गरी ३.७ प्रतिशतसम्म बढाइएको हो ।
मूल्य समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार भाडा बढाइएको विभागको भनाइ छ ।
पछिल्लो मूल्य समायोजनामा आधार लिइएको मूल्यभन्दा ७.८४ प्रतिशतले इन्धनको मूल्य बढेकाले भाडा बढाइएको हो ।
जसअनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ३.३ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.७ प्रतिशतले बढाइएको हो ।
कुन रुटको भाडा कति ?