निर्जीवन बीमा कम्पनीले संकलन गरे ३१ अर्ब १९ करोड बीमाशुल्क, वैशाखमा मात्रै २ अर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब रूपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।
वैशाख मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब १९ करोड ७१ लाख २३ हजार रूपैयाँ कुुल बीमाशुल्क संकलन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।
चैत मसान्तसम्मा निर्जीवन बीमा कम्पनीहरूमा कुल २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी जारी सो रकम संकलन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै १ लाख ६१ हजार ८३० वटा बीमालेख जारी गरी कुल २ अर्ब ५२ करोड ४५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीमध्ये १७ वटाले अर्ब रुपैयाँभन्दा धेरैको व्यवसाय गरेका छन् भने बाँकी ३ वटा कम्पनीको व्यवसाय करोडमै सीमित भएको छ ।
यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले धेरै बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । कम्पनीले ४ अर्ब १३ करोड १८ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
समितिका तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५९ करोड ६० लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड ४७ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड ४० लाख रूपैयाँ संकलन गरेका छन् ।
साथै, एनएलजी इन्स्योरेन्सले १ अर्ब ९३ करोड ४१ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७३ करोड ८५ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४८ करोड १८ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३७ करोड ७८ लाख रूपैयाँ, हिमालयन जनरलले १ अर्ब ५१ करोड ५२ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब २२ करोड ६६ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३३ करोड ८४ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब २८ करोड ९० लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६७ लाख रूपैयाँ संकलन गरेका छन् ।
त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ६९ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३५ करोड ५१ लाख रूपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ८ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
बीमा समितिको तथ्याङक अनुसार एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने करोडमै सीमित भएको छ ।
एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा १ अर्ब ४ करोड २० लाख रूपैयाँ, जनरल इनस्योरेन्सले ७५ करोड ९८ लाख रूपैयाँ, सानिमा जनरलले ८० करोड ९२ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्सले ७४ करोड ५४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।