आयल निगम निजीकरण गर्ने हल्ला भ्रामक, व्यवस्थापकीय सुधार गरेर प्रतिस्पर्धी बनाउँदैछौंः मन्त्री बडू



काठमाडौं । उद्योगमन्त्री दिलेन्द्र बडूले नेपाल आयल निगम निजीकरण गर्ने विषय आधारहिन, भ्रामक र असत्य रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस विषयमा कुनै सत्यता नभएको बताए ।

‘निगमलाई निजीकरण गर्ने नभइ प्रशासनिक, वित्तीय र व्यवस्थापकीय रुपमा सुधार गरी प्रतिष्पर्धी बनाउने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थको आपूर्तीलाई सहज बनाउनका लागि आयल निगमका साथै निजी क्षेत्रलाई समावेश गर्नका लागि कार्यदललाई कार्यादेश दिइएको हो ।’

उनले आयाल निगमको विकल्प खोज्न थालेको र निजी क्षेत्रलाई जिम्मेवारी दिने विषयमा सत्यता नभएको बताए ।

उच्चस्तरीय कार्यदलको सुझावका आधारमा पेट्रोलियम पदार्थको समस्याको दीर्घकालीन समाधान गरिने उनको भनाइ छ ।


क्लिकमान्डु