सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो



काठमाडौ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँल बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु