अघिल्लो सरकारले ल्याएकै बजेट कार्यान्वयन गरिरहेको छुः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले पनि अघिल्लो सरकारले नै ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । मन्त्री शर्माले राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

फरक प्रसङगमा मन्त्री शर्मा आफुले अघिल्लो सरकारले बजेटमा ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको स्मरण गराए । उनले टेन्डर भएका सडकलाई भने आफुले नरोकेको पनि स्मरण गराए ।

बैठकमा उनले बजेट खर्च गर्न नसकेको स्वीकार्दैै यो समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए । अबको दिनमा भ्रष्टाचार न्यून गर्न पनि आवश्यक रहेको समेत बताए ।

मन्त्री शर्माले कृषिमा अनुदान गएको छ तर अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै त्यो पैसा कहाँ गयो भनेर खोज्ने बेला भएको धारणा राखे ।

यस्ता विषयमा जनप्रतिनिधिको भूमिका हुने र हरेक तहमा निरिक्षण तथा अनुगमन गर्न आवश्यक रहेको बताए ।
अब गर्ने लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो दिनुपर्ने बेला आएको उनको बुझाइ छ ।

स्थानीय सरकारले उत्पादनको क्षेत्रमा काम गरेको विषयमा चर्चा नभएको, सकारात्मक कुरालाई प्रोत्साहन नभएको मन्त्री शर्माको गुनासो छ ।

शर्माले आवश्यक पर्ने काठ नेपालमा नै भएपनि आयात हुनु सामान्य विषय नभएको तर्क गरे । शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराए ।


क्लिकमान्डु