पहिले पुँजीबाद त्यसपछि मात्रै समाजबादः डा. बाबुराम भट्टराई



काठमाडौं । डा. बाबुराम भट्टराईले समाजबादको बाटोमा जानुअघि पुँजीबादको विकास हुनुपर्ने बताएका छन् । उनले संविधानमा समाजवाद उल्लेख गरे पनि अहिले नै समाजवादमा जाने समय नआइसकेको बताए ।

प्रतिनिधिसभाको बजेटका सिद्दान्त तथा प्राथमिकता विधयेकमाथिको छलफलमा बोल्दै भट्टराईले गरिबी, बेरोजगारी र अल्पविकासको अवस्था अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि पहिलो पुँजीवाद हुँदै समाजबादको बाटोमा जानुपर्ने बताएका छन् ।

उनले अहिले नेपाल पूर्वऔद्योगिक अवस्थामा भएको भन्दै पछिल्लो ४० वर्षमा औसतमा ४ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको बताए । उनले हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र कहिल्यै पनि विकास नहुने बताए ।

‘अहिले पनि कृषि, उद्योग र सेवा क्षेत्रमा विकास हुन नसकेको र उत्पादकत्व बढाउन सकिएको छैन, मुलुकको विकासका लागि कृषिमा आश्रित जनसंख्या १५ प्रतिशतभन्दा कममा झार्नुपर्छ,’ उनले भने ।

उनले कृषिमा निर्भर अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा परिवर्तन गर्नुपर्ने बताए ।

उनले प्रतिव्यक्ति आम्दानी ११ सय डलरबाट १० वर्षमा ४ हजार डलर र २० वर्षमा १२ हजार डलर बनाउनका लागि आधुनिकता र मेसिनरी बाटो बाटै जानुपर्ने बताए । उनले उत्पादन र उत्पादकत्व बढाउनु पर्ने बताए ।

‘दुई दशकसम्म दुई अंकको वृद्धिदर निरन्तर नहुने हो भने मुलुकको विकास गर्न नसक्ने बताए,’ उनले भने ।

उनले आर्थिक वृद्धि गर्ने र त्यसपछि वितरण गर्नुपर्ने बताए । उनले उत्पादन नबढाइकन आर्थिक वृद्धि सम्भव नहुने बताए । त्यसपछि मात्रै वैज्ञानिक, आधुनिक समाजबादको बाटोमा जान सकिने बताए ।


क्लिकमान्डु