प्रधानमन्त्री देउवा र मोदीबीच वार्ता जारी



फाइल तस्बिर

काठमाडौं । एकदिने लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ ।

भैरहवाको पवन प्यालेसमा दुई देशका प्रधानमन्त्रीबीच वार्ता भइरहेको छ । वार्ता करिब १ घण्टा चलिसकेको छ । भेटवार्तापछि दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

विहान साढे १० बजेतिर हेलिकोप्टबाट लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजा गरेका थिए । साथै, मोदीले धर्मशालाको पनि शिलन्यास गरेका थिए ।


क्लिकमान्डु