कमजोर भनिएको ‘कोर सिटी’मा पनि बालेनले धेरै मत पाए, स्थापितको भन्दा ३१३० मत बढी



काठमाडौं । काठमाडौं महानगरपालिकाको भित्री सहरमा मतगणना शुरु हुन थालेपछि स्वतन्त्र उम्मेदवार बालेन साहको मतान्तर झन् बढ्न थालेको छ ।

साहले नै कोर सिटीमा मतगणना शुरु भएपछि आफु दोस्रो हुने प्रक्षेपण गरेका थिए । तर, भित्री सहरमा मतगणना शुरु भएपछि पनि उनको मत भने बढिनै रहेको छ ।

यसअघिको अपडेटमा साहको मत ६४८६ रहेको थियो । उनका निकटमत प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितको मत ३४१३ रहेको थियो । साह र स्थापितको मतान्तर ३०७७ मत थियो ।

पछिल्लो अपडेटअनुसार साहको मत ६६९२ रहेको छ । यता स्थापितको मत ३५६२ पुगेको छ । अहिले साह र स्थापितको मतान्तर ३१३० पुगेको छ । साहले स्थापितलाई ३१३० मतले पछि छोडेका छन् ।

यता नेपाली काँग्रेसकी सृजना सिंहको मत अहिलेसम्म ३१२६ रहेको छ । सिंह र स्थापितको मतान्तर ४३६ रहेको छ । सिंह र साहको मतान्तर भने ३५६६ रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । अहिले २,३,४, ३१ र ३२ को मतगणना भइरहेको छ । यस्तै अहिले वडा नम्बर ५ को पनि मतगणना शुरु भएको छ ।


क्लिकमान्डु