बीमा क्षेत्रमा ११ हजारले पाए रोजगारी



काठमाडौं । बीमा क्षेत्रमा ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजागारीका अवसरहरू उल्लेख्य रूपले बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

चालु आवको चैत मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार ९१८ जनाले रोजागरी पाएका छन् । गत आवको चैत मसान्तसम्ममा यो संख्या १० हजार ५७३ मात्रै थियो ।

एक वर्षको अवधिमा सो संख्या १२।०४ प्रतिशतले बढेको हो ।चालू आर्थिक वर्ष २०७८र७९ को चैत्र मसान्तसम्ममा जीवन बीमामा ६ हजार २०९ जना आवद्ध भएका छन् ।

समितिकाअनुसार निर्जीवन बीमामा ५ हजार ६३७, पुनर्बीमा कम्पनीमा ७२ जना गरी कुल ११ हजार ९१८ जनाले प्रत्यक्ष रोजागारी पाएका छन् ।

बीमा क्षेत्रमा बीमा अभिकर्ता र बीमा सर्भेरले पनि रोजगारी पाएका छन् ।

करीब ३ लाखको संख्यामा बीमा अभिकर्ताहरू प्रत्यक्ष एंव अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमा आवद्ध भएका छन् ।

निर्जीवन बीमातर्फ चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ हजार २५१ जना इजाजत प्राप्त बीमा सर्भेयरहरूले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा रोजागारीमा संकलग्न भएका छन् ।

चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म देशका सातै प्रदेशमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको शाखा संख्या ३ हजार ३३७ पुगेको छ ।

प्रदेश नं। १ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका शाखा ५४१, मधेश प्रदेशमा ४४९, बागमती प्रदेशमा ९१३, गण्डकी प्रदेशमा ३७३, लुम्बिनी प्रदेशमा ५४५, कर्णाली प्रदेशमा १८७ र सुदुरपश्चिम प्रदेशमा ३२९ वटा शाखा कार्यालय सञ्चालनमा सञ्चालनमा रहेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा बीमकका शाखा कार्यालयहरूको संख्या जीवन बीमातर्फ १६।२ प्रतिशत र निर्जीवन बीमातर्फ १०।१ प्रतिशतले बढेको हो । गत वर्षको तुलनामा बीमा कम्पनीहरूको शाखा कमार्याल संख्या १४।२ प्रतिशतले बढेको समितिको तथ्यांक छ ।

गत आवको चैत मसान्तसम्ममा देशभरमा बीमा कम्पनीहरूका शाखा कार्यालयको संख्या २ हजार ९२२ थियो ।


क्लिकमान्डु