वीरगञ्जमा जसपाका राजेशमानसिंह जित्ने



काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरुको गठबन्धनले निर्वाचन जित्ने अनुमान गरिएको छ ।

फ्याक्ट नेपालले गरेको एक्जिट पोलले जसपाका राजेशमान सिंहले जित्ने प्रक्षेपण गरेको छ । उनले एमालेका विजय सरावगीलाई पराजित गर्ने देखिएको छ । सरावगी ५ वर्ष अगाडि उपेन्द्र यादवको पार्टीबाट मेयरमा निर्वाचित भएका थिए ।

सर्वेले उपमेयरमा कांग्रेसका इम्तियाज आलमले जित्ने देखाएको छ । विरगन्जमा १ लाख २४ हजार ६४७ मतदाता रहेका छन् ।


क्लिकमान्डु