मेट लाइफको नाफा ३०% ले घट्यो, खुद बीमाशुल्क संकलन बढ्यो



काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढेको छ ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले ३ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १८ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३०.०७ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीले २५ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ९ करोड ७० लाख रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब १५ करोड ३९ लाख रूपैयाँ र बीमालखे धितोमा कर्जाबाट ८ करोड ६८ लाख रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ३८ करोड ७ लाख रूपैयाँ खर्च गरेको छ । इन्स्योरेन्सको जीवन बीमा कोषमा २० अर्ब २४ करोड १० लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ६४ करोड ८९ लाख रूपैयाँ सञ्चित रहेको छ ।


क्लिकमान्डु