अर्थमन्त्री कार्कीले भने- उत्पादनमूलक उद्योगले पनि सेयर जारी गर्नुपर्छ



काठमाडौं । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उतणपादनमुलक उद्योगहरुलाई पूँजी बजारमा ल्याउनु पर्ने बताएका छन्।

अर्थमन्त्री भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका कार्कीले पूँजी बजारको विस्तार जरूरी रहेको बताए ।

‘उत्पादनमुलक उद्योगले समेत सेयर निष्कासन गर्न सके पुँजी बजारको विस्तार मात्रै हुँदैन, संस्थालाई समेत अनुशनसन कायम गर्न सहज हुनेछ,’ कार्कीले भने- ‘त्यसैले अब हामी त्यो क्षेत्रलाई पनि समेटेर अघि बढ्नुपर्छ ।’

२०४६ पछि नेपाली कांग्रेसको नेतृत्वको सरकारले अवलम्वन गरेको नीति अनुरुप खोलिएको धितोपत्र बोर्डको रजत जयन्ती कार्यक्रम उद्घाटन गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

मन्त्री कार्कीले आस्वा प्रणाली कार्यन्यनसँगै पुजीँ बजारलाई देशव्यापी बनाउन सहयोग पुग्ने बताए। देशको समृद्धिको लागि सामानुपातिक ढंगले सातै प्रदेशमा लगानी विस्तार गर्नु पर्ने उनको भनाई छ ।

‘सरकार र निजी क्षेत्रको ध्यान अब लगानी विस्तारमा जानु पर्छ, उद्योगी व्यवसायीले अब सातै प्रदेशमा सामानुपातिक ढंगले लगानी बिस्तार गर्नतर्फ लाग्न आग्रह गर्छु,’ कार्कीले भने।

उनले कम्युनिडिटी बजार विस्तारको लागि आवश्यक पर्ने कानुन संसदमा पुगेको बताउदै त्यसलाई छिटो पास गराउन लाग्ने समेत बताए।
बार्डको रजत जयन्तीको अवसरमा नेपाल आर्थिक पत्रकार समाजलाई ५० हजार रूपैयाँ नगद सहित पूँजीवजार पत्रकारीता पुरस्कार दिएको छ।


पुष्प दुलाल