८३ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य सुधार



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा सिद्धार्थ इन्स्योरेन्सले ८३ करोड ६६ लाख २८ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १२.७९ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले ७४ लाख १७ हजार ४९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा भने सामान्य सुधार आएको छ । गत आवको यसै अवधिको तुलनामा सिद्धार्थ इन्स्योरेन्को खुद नाफा १.९९ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले १७ करोड ७४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

१ अर्ब २८ करोड ८० लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १७.९६ रूपैयाँ छ ।

जेगेडा कोषमा २५ करोड ३९ लाख ३४ हजार रूपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ३० करोड ८२ लाख ८८ हजार रूपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख ४३ हजार रूपैया आम्दानी गरेको छ ।

अभिकर्ता कमिशन खर्चक लागि २ करोड ३९ लाख २५ हजार रूपैयाँ र पुनर्बीमा कमिशन खर्चका लागि १ लाख ८ हजार रूपैयाँ खर्च गरेको छ ।

१ लाख ४७ हजार १७४ वटा बीमालेख जारी गरी यस अवधिमा कम्पनीले २ अर्ब ५० लाख ३० हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

७ हजार ३८९ वटा बीमा दावीवापत ७५ करोड ६० लाख ५७ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

८ हजार ७६१ वटा बीमा दावीवापत कम्पनीले १ अर्ब ६४ करोड ४४ लाख १७ हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु