मोटर बीमाको व्यवसाय ५ करोडले घट्यो



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमा मोटर बीमाबाट संकलन हुने बीमाशुल्क घटेको छ ।

चालु आवको फागुन महिनाको तुलनामा चैतमा मोटर बीमाशुल्क ५ करोड २२ लाख ८८ हजार रूपैयाँले घटेको हो ।

तथ्यांकअनुसार चैत महिनामा मोटर बीमा व्यवसायबाट निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ४ करोड ७५ लाख ९८ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

जुन फागुन महिनाको तुलनामा ४.७५ प्रतिशतले कमी हो । फागुन महिनामा यस्तो बीमाबाट कम्पनीहरूले १ अर्ब ९ करोड ९८ लाख ८६ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

फागुनमा १२ लाख ७२ हजार ३८६ बीमालेख बिक्री गरी कम्पनीहरूले सो रकम संकलन गरेका थिए ।

तथ्यांक अनुसार चैतमा मोटर बीमालेखको संख्या भने बढेको छ । चैतमा १४ लाख २५ हजार ७६८ बीमालेख बिक्री भएका छन् ।

फागुनको तुलनामा चैतमा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय पनि घटेको छ । फागुनको तुलनामा समग्र निर्जीवन बीमा व्यवसाय २.१४ प्रतिशतले घटेको हो ।

चालु आवको फागुन महिनामा कम्पनीहरूले कुल ३ अर्ब ४७ करोड ५६ लाख १० हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

चैत महिनामा आइपुग्दा सो रकम घटेर ३ अर्ब ४० करोड १२ लाख ६ हजार रूपैयाँमा सीमित भएको हो ।

चैत महिनामा कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.८० प्रतिशत हुन आउँछ ।

फागुन महिनामा कुन निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.६५ प्रतिशत थियो ।

चैतमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । यस प्रदेशबाट कम्पनीहरूले मोटर बीमावापत ५८ करोड १९ लाख ४२ हजार रूपैयाँ बीमाशुल्क संकलन भएको छ ।

लुम्बिनी प्रदेशबाट १२ करोड ८१ लाख १५ हजार रूपैयाँ, प्रदेश १ बाट १० करोड ३६ लाख ५७ हजार रूपैयाँ, गण्डकी प्रदेशबाट ९ करोड ५८ लाख ३७ लाख रूपैयाँ, मधेश प्रदेशबाट ८ करोड ९२ लाख ६२ हजार रूपैयाँ र कर्णाली प्रदेशबाट १ करोड १८ लाख ९५ हजार रूपैयाँ बीमाशुल्क सकलन भएको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेशबाट कम्पनीहरूले मोटर बीमाबाट ३ करोड ६८ लाख ९० हजार रूपैयाँ संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इञ्जिनियरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली, लघु तथा विविध बीमालेख बिक्री गर्दै आएका छन् ।


क्लिकमान्डु