एक महिनापछि १ सय केजी सुन आयात हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकको मोखिक निर्देशनमा प्रतितपत्र (एलसी) मार्जिन रोकेको नेपाल बैंकर्स संघले एक महिनापछि १ सय केजी सुन आयात गर्ने भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीइओहरूसँग छलफल गरेर एलसी बन्द गर्न आग्रह गरेको थियो । जसले गर्दा बैकर्स संघले गत चैत २४ गतेबाट सुन दिन छोडेको थियो ।

करिब १ महिनासम्म आयात गर्न नसकेको सुन यही हप्तादेखि आयात हुने भएको छ । बैंकर्स संघका सूचना अधिकारी सविना श्रेष्ठले एक महिनापछि एकैपटक दुबईबाट १ सय केजी सुन आयात गर्न लागेको बताइन् ।

उनका अनुसार ग्लोबल आइएमई बैंक र प्रभु बैंकले ५०/५० केजी सुन आयात गर्ने छन् ।

आयात भएको सुन ५० केजी ५० केजी सुन बागमति र बाँकी अन्य प्रदेशमा दिइने छ ।

‘बाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा वितरण गर्ने सुन मंगलबार आउने भनिएको थियो,’ उनले भनिन्, ‘दुबईमा इदको विदा भएकाले मंगलबार आयात हुन सकेन । सम्भवतः एक दुई दिनमा आइपुग्नेछ ।’

त्यसैगरी, बाग्मति प्रदेशका लागि ५० केजी भने अर्को हप्तमासम्म आइपुग्ने उनले बताइन । साथै, सुन आयात हुने वित्तिकै व्यवसायीहरूलाई दैनिक रुपमा प्रदान गर्ने १० केजी सहजै पाउने उनले जानकारी दिइन ।


क्लिकमान्डु