
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० जना विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ।
परिसरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने, पैसाको बार्गेनिङ गर्ने तथा सर्वसाधारणलाई हैरानी दिने गरेको सूचनाका आधारमा प्रहरी टोलीले निगरानी तथा चेकजाँच तीव्र बनाएको थियो।
सोही क्रममा काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित विभिन्न स्थानमा निगरानी गर्दा यस्ता गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरूले बाटोमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा रोकी अश्लील व्यवहार गर्दै दुःख दिने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरू
१. नाफुना ब्रेन्डा (३४ वर्ष)
२. नान्दुत हजराह (३६ वर्ष)
३. किराबो प्रोस्यु (३० वर्ष)
४. तुशेमेरिरवे सिल्भिया (३० वर्ष)
५. मार्ग्रेट कालुले नाबुन्न्या (३० वर्ष)
६. नाकालेम्बे हसिफा (३६ वर्ष)
७. तुमुसुमे ग्रेस (३० वर्ष)
८. हगावा हादिजा (३६ वर्ष)
९. नाकिम्स्रा शादिया (२८ वर्ष)
१०. म्बाब्जी डाफिन (२८ वर्ष)
११. अम्पेइरे शिफ्राह (२६ वर्ष)
१२. नान्दुदु बेही (४५ वर्ष)
१३. नाम्बोजु फ्रान्सिस्का (२८ वर्ष)
१४. काहामा हजराह बाक्मुलिसा (३४ वर्ष)
१५. निमुसिमा म्याक्लिन (२४ वर्ष)
१६. नाकाटो बेनान्कान्जो (३६ वर्ष)
१७. नान्यान्जी (४० वर्ष)
१८. नात्तु कासिता (४२ वर्ष)
१९. न्हुमान्सी रिबिनान्ह (३३ वर्ष)
२०. नल्वाड्डा स्पेसिओजा (४४ वर्ष)
प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि ठमेल क्षेत्रमा निगरानी थप कडा पारिएको समेत जनाएको छ।








प्रतिक्रिया