सूर्या लाइफ ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीन विद्यामा सम्मानित



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले तीन वटा विद्यामा सम्मान पाएको छ ।

इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विद्या ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि’ र ‘आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल’ आवार्ड हासिल गरेको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरेको हो ।

बिमिस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्ड ग्रहण गरेका हुन् ।


क्लिकमान्डु