विद्युत आपूर्तिको समस्या तत्काल समाधान नभए उद्योगहरू बन्द हुन्छन्: महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै महासंघले यस्तो आग्रह गरेको हो ।

चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुु परेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । ‘समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराउ“दछौं’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक बिना पूर्व सूचना १२ देखि १६ घण्टासम्म चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुुगेका छन्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकुल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ ।’
चर्को लोडसेडिङले उद्योग संचालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउंदै अबिलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रह गरिएको छ । लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी गर्न नसक्ने अवस्था आएको महासंघको भनाइ छ ।

महासंघले उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सा“वा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघ सरकार र विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटक–पटक गरेको प्रतिवद्धताको महासंघले स्मरण गराएको छ ।

यसले मुुलुुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने महासंघको तर्क छ । ‘एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ बिना सूचना घटौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थपचिन्ता प्रकट गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने छ ।

‘विद्युतको नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यातनै प्रभावित हुनेछ । विद्युत उर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग संचालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्राय छ र त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने हाम्रो विश्लेषण छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसंग छलफल गरी नेपाललाई दिंदै आएको विजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्व पहल गर्न महासंघले आग्रह गरेको छ ।

उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन महासंघको जोड रहेको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समक्ष आग्रह गरेको छ ।


क्लिकमान्डु