
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति बन्ने भएको छ ।
मंगलबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
धितोपत्र बोर्डको अध्यक्षबाट सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएसँगै पदपूर्तीका लागि सरकारले सिफारिस समिति बनाउने निर्णय गरेको हो ।
यस्ता छन् मुख्य निर्णयहरू
–नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।
–नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
–मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।










प्रतिक्रिया