
काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनको भाडादर नबढेको स्पष्ट पारेको छ।
विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन भएका सार्वजनिक सवारी साधनका लागि मात्र भएको जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार विभागले गत चैत २५ गते भाडा वृद्धि गर्ने निर्णय गरेको थियो। तर, उक्त वृद्धि विद्युतीय (ईभी) सवारी साधनको हकमा लागू नहुने विभागले जनाएको छ।
विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल गरिरहेको र यात्रुलाई टिकट समेत नदिएको गुनासो प्राप्त भएपछि विभागले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
विभागद्वारा प्रकाशित बिज्ञप्तीमा भनिएको छ, ‘विद्युतीय सवारी साधनको हकमा साविककै भाडादर कायम छ। यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्रु टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्न रगराउन अनुरोध छ।’
यदि कुनै विद्युतीय सवारीले नियम विपरीत बढी भाडा लिएको वा यात्रुलाई टिकट नदिएको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।











प्रतिक्रिया