साताको सेयर बजारः सूचक ६५ अंकले घट्यो, सबै समुहको उपसूचक राताम्मे



काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै कम्पनीहरुको उपसूचकमा पनि गिरावट आएको छ ।

यो साता सेयर बजारमा निकै उतारचढाव देखिएको छ । साताको कारोबारमा बजार ६४.७९ अंकले घटेको छ । साताको पहिलो दिन आइबार बजार २४२०.९६ बिन्दुमा रहेको बजार अन्तिम दिन बिहीबारसम्म आइपुग्दा बजार ६४.७९ अंकले घटेर २३५६.१७ बिन्दुमा रोकिएको छ ।

यो साताको पहिलो दिन बजार २४२०.९६ बिन्दुमा रहेको बजार सोमबार बजार ३४.९५ अंकको घटेर सोमबार २३८६.०१ बिन्दुमा रहेको थियो । यस्तै मंगलबार १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा रोकिएको थियो । यस्तै बुधबार ५.१८ अंकले बढेर २३७६.१७ बिन्दुमा रोकिएको छ । बिहीबार बजार २० अंकले घटेर २३५६.१७ बिन्दुमा रोकिएको छ । इन्डेक्ससहित विभिन्न कम्पनीको उपसूचकमा पनि गिरावट आएको छ ।

नेप्सेका अनुसार आइतबार १६११.०७ बिन्दुमा रहेको वाणिज्य बैंक समूहको उपसूचक ३०.८७ अंकले घटेको छ । बिहीबारसम्म विकास बैंक समूहको उपसूचक ३०.८७ अंकले घटेर १५८०.२० बिन्दुमा रहेको छ ।

आइतबार १६११.०७ बिन्दुमा रहेको बैंक समूहको उपसूचक सोमबार १५९४.५६, मंगलबार १५८९.४३, बुधबार १५८६.५८ र बिहीबारसम्म आइपुग्दा बैंकिङ समूहको उपसूचक १५८०.२० बिन्दुमा रोकिएको छ ।

यस्तै विकास बैंक समूहको उपसूचकमा पनि गिरावट आएको छ । यो साता विकास बैंक समूहको उपसूचक १२८.८२ अंकले घटेर ४१२९.५२ अंकले घटेर ४१२९.५२ बिन्दुमा रोकिएको छ । आइतबार ४२५८.३४, बिन्दुमा रहेको सोमबार ४१७१.९७, बिन्दुमा रहेको थियो भने मंगलबार ४१२९.९६, बुधबार ४२०४.९७ र बिहीबार विकास बैंक समूहको उपसूचक ४१२९.५२ बिन्दुमा रोकिएको छ ।

नेप्सेका अनुसार जलविद्युत समूहको उपसूचक १००.३२ अंकले घटेर २६७२.२८ बिन्दुमा रोकिएको छ । आइतबार २७७२.६०, सोमबार २७२०.६९, मंगलबार २६८०.१९, बुधबार २६९५.३२ र बिहीबार २६७२.२८ बिन्दुमा रोकिएको छ ।

निर्जीबन बीमा कम्पनीको उपसूचक पनि घटेको छ । एक साताको अवधिमा कम्पनीको उपसूचक २६०.९ अंकले घटेर १० हजार ७०१.०३ बिन्दुमा रोकिएको छ । आइतबार १० हजार ९६१.९३, सोमबार १० हजार ८११.८३, मंगलबार १० हजार ७११.६८, बुधबार १० हजार ७४२.३७ र बिहीबार १० हजार ७०१.०३ बिन्दुमा रोकिएको छ ।

जीवन बीमा समूहको उपसूचक ४४०.५८ अंकले घटेर १२ हजार ५९५.३५ बिन्दुमा रोकिएको छ । आइतबार १३ हजार ३५.९३ अंकमा रहेकोमा सोमबार १२ हजार ८३६.६२, मंगलबार १२ हजार ७४०.७७, बुधबार १२ हजार ७४६.०९ र बिहीबार १२ हजार ५९५.३५ बिन्दुमा रोकिएको छ । यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक १३२.०४ अंकले घटेर ४ हजार ७७३.४४ बिन्दुमा रोकिएको छ ।

आइतबार ४ हजार ९०५.४८ बिन्दुमा रहेकोमा सोमबार ४ हजार ८२८.६१, मंगलबार ४ हजार ८१५.०२, बुधबार ४ हजार ८११.४७ र बिहीबार ४ हजार ७७३.४४ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु