अब शुक्रबार पनि सेयर कारोबार हुने



काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

अहिले सातामा ५ दिन (आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको छ ।

सरकारले जेठबाट सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हाल कायम रहेको शनिबारका साथै आइतबार थप गरेर सातामा २ दिब सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से शुक्रबार पनि सेयर कारोबार गराउने तयारीमा रहेका छन् ।

यो विषयमा निर्णय भने भइसकेको छैन । नेप्सेका अधिकारीका अनुसार आइतबार सार्वजनिक बिदा भएपछि सम्भवत शुक्रबार पनि सेयर कारोबार हुनेछ ।

त्यसको लागि नेप्सेले निर्णय भने गर्नुपर्ने छ । यस विषयमा केही दिनमा निर्णय हुने बताइएको छ । नेप्सेले सेयर बजारको अन्तराष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय गर्न लागेको बताइएको छ ।


क्लिकमान्डु