डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ ।

विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला केन्द्रीय बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने बताएको हो ।

नेपाल राष्ट्र बैंकका ६७औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउन लागेको जानकारी दिए ।


क्लिकमान्डु