प्रि-ओपनिङमा बढ्यो सेयर बजार, साढे २४ लाखको कारोबार



काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक २.७७ अंकले बढेर परिसूचक २४२३.७४ बिन्दुमा रोकिएको छ ।

३७ कम्पनीको ६ हजार ३२३ कित्ता सेयर २४ लाख ७४ हजार ५२३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको २.११, विकास बैंक ८.७५, वित्त १४.७१, जलविद्युत १०.०६, माइक्रोफाइनान्स समूहको उपसूचक ३.७८ अंकले बढ्दा निर्जीबन बीमा समूहको उपसूचक ४.८७ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु