१५ भन्दा बढी वाणिज्य बैंकको संख्या आवश्यक नभएको राष्ट्र बैंक अध्ययनको निष्कर्ष



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनको क्रममा सहभागीले न्यूनतम ११ तथा १५ भन्दा बढी बैंकको संख्या आवश्यक नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउने उद्देश्यले सरोकारवालाको राय लिनको लागि सर्वे गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीइओ,सञ्चालक तथा विज्ञ गरेर २३० जनामा गरेको थियो ।

जसमा बैंक तथा तथा वित्तीय संस्थाका सञ्चालक,सीइओ तथा डेपुटी सीइओ गरेर १४० जना तथा ९० जना विज्ञ सहभागी थिए । सर्वेमा ५० प्रतिशतले नेपालमा १५ वटाभन्दा बढीको संख्यामा बैंक आवश्यक नभएको राय दिएका छन् ।

सर्वेमा सहभागी ८४ प्रतिशतले अहिले भएको बैंकको संख्या बढी भएको राष्ट्र बैंकले सहुलियतको नीति लिएर बैंकको संख्या घटाउनुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा ११ देखि १५ वटा सम्म बैंक चाहिन्छ भन्नेमा ५० प्रतिशत छन् ।

यस्तै १५ प्रतिशतले १६ देखि २० वटा बैंक चाहिने बताएका छन् । ५ प्रतिशतले ५ देखि १० वटा बैंक हुनुपर्ने तथा बाँकीले २० देखि २५ प्रतिशत बैंक हुनुपर्ने सुझाव दिएका थिए ।

सर्वेमा सहभागीले सहुलियत दिएर मर्जर गर्नुपर्ने सुझाव दिएका छन् । जसमा ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा सहुलितय दिनुपर्ने बताएका छन् ।

२० प्रतिशतले फोर्स मर्जर तथा १७ प्रतिशतले जोड दिएका छन् । ६१ प्रतिशतले मर्जरले बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउने राय दिएका छन् ।

सूचना प्रविधिको जोखिम प्रमुख समस्याको रुपमा देखिएको तथा मर्जरले बलियो वित्तीय संस्था बनाउने सुझाव अध्ययन प्रतिवेदनमा छ ।


क्लिकमान्डु