साइन रेसुङ्गा बैंकको नाफा ४८ करोड ४७ लाख



काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले चैत मसान्तसम्ममा ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकले ८.१२ प्रतिशतले बढी नाफा गरेको छ ।

बैंकले चैत मसान्तसम्ममा ३४ अर्ब ५६ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २९ अर्ब १६ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ४१ अर्ब २ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्षको सोही अवधिमा बैंकले ३५ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकको पूँजी कोष अनुपात घटेको छ । गत वर्ष १५.४९ प्रतिशत रहेको पूँजी कोष अनुपात घटेर १५.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, बैंकका खराब कर्जा बढेको छ । गत वर्ष १.१६ प्रतिशत रहेकोमा यो वर्ष १.२४ प्रतिशत पुगेको छ ।

साथै, बैंकको सिडी रेसियो ८६.९३ प्रतिशत, बेसरेट १०.४९ प्रतिशत र ब्याजदर ३.८९ प्रतिशत कायम भएको छ ।

बैंकसँग अहिले २५ करोड ६४ लाख रुपैयाँ वितरणयोग्य रकम रहेको वित्तीय विवरणले देखाउँदछ ।


क्लिकमान्डु