एमालेका ३ पूर्वअर्थमन्त्रीलाई काउन्टर दिन अर्थमन्त्री शर्माले आज ४ बजे पत्रकार सम्मेलन गर्दै



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको बर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । मन्त्री शर्माको सचिवालयले सोमबार अपरान्ह ४ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको भन्दै निम्ता पठाएको छ ।

आइतबार नेकपा एमालेका ३ पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अर्थतन्त्र खराब बन्नुको मुख्य जिम्मेवार अर्थमन्त्री शर्मा भएको दाबी गरेका थिए । अर्थमन्त्री शर्माको अक्षमताले अर्थतन्त्र ध्वस्त हुन लागेको दाबी गरेका थिए ।

आफ्नो अक्षमता छोप्न अर्थतन्त्र सुधार गर्न लागिपरेका गभर्नरलाई कारबाही गरेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।
एमालेका ३ पूर्वअर्थमन्त्रीले लगाएको आरोपको काउन्टर दिन अर्थमन्त्री शर्माले सोमबार पत्रकार सममेलनको आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।

‘हिँजो केही पूर्वअर्थमन्त्रीज्यूहरुले पत्रकार सम्मेलन गरेर अर्थतन्त्रको अवस्था अत्यन्तै खराब भएको र त्यसको जिम्मेवार अर्थमन्त्री भएको मिथ्या आरोप लगाएका छन्,’ स्रोतले भन्यो, ‘जनतालाई भ्रममा ाापर्न नदिन आज पत्रकार सम्मेलन आयोजना गरिएको हो । ’


क्लिकमान्डु